Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

  • शुक्रवार, चैत्र १३ २०७७

  • 851
    SHARES

  • कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । फागुन १३ गते मस्तिष्कघात भएर उपचाररत जोशीको आज (शुक्रबार चैत १३ गते) निधन भएको हो ।

    अस्पतालले राती ८ः२४ बजे निधन भएको जानकारी दिएको स्वकीय सचिव पुष्करराज पाण्डेले जानकारी दिनुभयो । चिकित्सकहरूले ८ः २४ मा निधन भएको खबर दिएको उहाँको भनाइ छ ।

    जोशीलाई फागुन १३ गते राती स्वास्थ्यमा समस्या देखिएपछि परिवारले वीर अस्पतालमा पुर्‍याएका थिए ।

    परिक्षणका क्रममा उहाँको मस्तिष्कमा रगत जमेको भन्दै वीर अस्पतालले तत्कालै नर्भिकमा रेफर गरेको थियो ।

    नर्भिकमा उपचारको एकसातापछि जोशीको स्वास्थ्यमा सुधार आइ उहाँलाई भेन्टिलेटर बाहिर पनि राखिएको थियो । तर लगत्तै उहाँको स्वास्थ्यमा पुनः जटिलता आएपछि भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।


    शुक्रवार, चैत्र १३ २०७७०९:१९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij