Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

स्पष्टीकरण सोधिएका नेताहरुलाई कारबाही गर्ने ओलीको संकेत

स्पष्टीकरण सोधिएका नेताहरुलाई कारबाही गर्ने ओलीको संकेत

‘फागुन २८ को निर्णय कुनै हालतमा फिर्ता हुँदैन’
  • शुक्रवार, चैत्र १३ २०७७

  • 596
    SHARES

  • स्पष्टीकरण सोधिएका नेताहरुलाई कारबाही गर्ने ओलीको संकेत

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधिएका नेताहरुलाई कारबाही गर्ने संकेत गर्नुभएको छ । आज संसदीय दलको बैठकमा दलका नेता समेत रहेका ओलीले माधवकुमार नेपाल र भीम रावलले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको ओलीको भनाइ उदृत गर्दै प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो ।

    बैठकमा ओलीले २८ फागुनदेखि पार्टी केन्द्रीय कमिटी र संसदीय दलले गरेको निर्णय फिर्ता नहुनेसमेत बताउनुभएको छ । संसदीय दलको बैठकमा झलनाथ खनालसहितका नेताहरुले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन माग गरेपछि ओलीले यस्तो जवाफ दिनुभएको हो

    ओलीले एमालेमा अब गुटगत र समूहगत रुपमा कसैसँँग पनि छलफल नहुने समेत बताउनुभएको छ । ओलीले माओवादीबाट एमालेमा आएका नेताहरुलाई पार्टी र सरकारको पक्षमा उभिएकाले उनीहरूको व्यवस्थापनमात्र भएको बताउनुभएको थियो ।

    ‘फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकका निर्णय र चैत ५ र ७ गतेको संसदीय दलले गरेका निर्णय तथा विधान संशोधन कुनै हालतमा फिर्ता हुँदैनन् । तपाईंहरू यसबीचमा बैठकमा आउनुभएन, अब आउनु भएको छ स्वागत छ तर गुटगत डिल हुँदैन ।’ ओलीको भनाई उदृत गर्दै मुख्य सचेतक विशाल भट्टराईले भन्नुभयो ।

    ओलीले माधव नेपाल र भीम रावलको स्पष्टीकरण अत्यन्त नकारात्मक कोणबाट आएकाले कारवाहीको भागीदार हुने संकेत गरेको भट्टराईले बताउनुभयो । उहाँले माधव नेपाल र भीम रावलमाथि केन्द्रीय कमिटी बैठकबाटै कारबाहीको निर्णय हुने बताउनुभयो ।

    अध्यक्ष ओलीले आफूलाई माधव नेपालले प्रचण्डसँग मिलेर पार्टी सदस्यताबाट समेत निष्कासन गरेको स्मरण गर्दै त्यस्तो अपराध गर्नेहरूलाई पनि आफूले स्पष्टीकरणमात्र सोधेर सुधार्न खोजको बताउनुभएको थियो ।


    शुक्रवार, चैत्र १३ २०७७०६:३५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij