Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

सरकारसँगको तीन बुँदे सहमतिपछि पनि विप्लव समूहका नेता पक्राउ

सरकारसँगको तीन बुँदे सहमतिपछि पनि विप्लव समूहका नेता पक्राउ

  • शुक्रवार, चैत्र १३ २०७७

  • 1.4K
    SHARES

  • सरकारसँगको तीन बुँदे सहमतिपछि पनि विप्लव समूहका नेता पक्राउ

    काठमाडौं । सरकार र विप्लव समूहबिच तीन बुँदे सहमति भएपछि पहिलो पटक विप्लव नेतृत्वका नेता पक्राउ परेका छन् । समूहका ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बु ‘सक्कल’ लाई प्रहरीले पक्राउ गरेको हो ।

    लिम्बुलाई बिहीबार नै प्रहरीले पक्राउ गरेको ताप्लेजुङकी सहायक प्रजिअ गायत्रा अधिकारी खड्काले जानकारी दिनुभयो ।

    ‘उहाँ हिजै पक्राउ पर्नुभएको हो भन्ने छ,’ खड्काले भन्नुभयो, ‘प्रहरीले उहाँलाई हिरासतमा लिएको छ ।’ मेची–कोसी ब्यूरो इन्चार्ज प्रकाशकाअनुसार जिल्लाको फुङलिङ बजारमा हिँडिरहेका सक्कललाई प्रहरीले पक्राउ गरेको हो ।

    यता प्रहरीले भने प्रतिबन्धकै अवस्थामा हातहतियारसम्बन्धी मुद्दा रहेकोले पक्राउ गरिएको जनाएको प्रकाशले आफ्नो विज्ञप्तिमार्फत् उल्लेख गरेका छन् ।

    आफ्ना नेता गिरफ्तार हुनुले सहमतिप्रति सरकारको इमान्दारितामाथि प्रश्न उठेको प्रकाशले उल्लेख गरेका छन् । 

    सहमतिअनुसार हिरासतमा रहेका नेता कार्यकर्ता समेत छुट्न नसकेको अवस्थामा पुनः पार्टीका नेता गिरफ्तार हुनुले सरकारको नियमप्रति शंका गर्ने अवस्था पैदा भएको विज्ञप्तिमार्फत् भनिएको छ ।

     

     


    शुक्रवार, चैत्र १३ २०७७०२:४२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij