Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमाले संसदीय दलको बैठक आज, नेपाल-खनाल पक्ष पनि सहभागी हुने

एमाले संसदीय दलको बैठक आज, नेपाल-खनाल पक्ष पनि सहभागी हुने

  • शुक्रवार, चैत्र १३ २०७७

  • 906
    SHARES

  • एमाले संसदीय दलको बैठक आज, नेपाल-खनाल पक्ष पनि सहभागी हुने

    काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकमा आज नेपाल खनाल समूहका सांसदहरु पनि सहभागी हुने संभावना देखिएको छ ।

    प्रदेश एक र बागमती प्रदेशमा मुख्यमन्त्री विरुद्ध राखिएको अविश्वासको प्रस्ताव फिर्ता लिएर नरम देखिएको नेपाल खनाल पक्षले संघीय संसदमा पनि नरम भूमिका देखाउने संभावना बढेको हो ।

    नेपाल खनाल समूहका सांसद सोमप्रसाद पाण्डेले आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा आफ्नो समूहका सांसदहरु सहभागी हुने सम्भावना रहेको जानकारी दिनुभएको छ ।

    उहाँले संसदमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेस भएमा एमालेका सबै सांसदले ओलीलाई साथ दिने दावी पनि गर्नुभयो ।
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा सांसद पाण्डेले पार्टी संसदीय मूल्य मान्यताअनुरुप चल्ने भएकाले अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठकमा सबै सहभागी हुने बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले दिउसो ३ बजेपछि प्रधानमन्त्री निवास बालुवाटरमा बस्नेगरी संसदीय दलको बैठक बोलाउनु भएको छ । सूर्य चुनाव चिन्ह लिएर निर्वाचनमा विजयी भएका सवै सांसदहरुलाई बैठकमा बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभएको छ ।
    बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको सन्दर्भमा छलफल हुने जनाइएको छ ।


    शुक्रवार, चैत्र १३ २०७७०८:५५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij