Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कार्यकर्तालाई रामचन्द्र पौडेलको आग्रहः १४ औं महाधिवेशनमा कसैको गुटमा नलाग्नुस्

कार्यकर्तालाई रामचन्द्र पौडेलको आग्रहः १४ औं महाधिवेशनमा कसैको गुटमा नलाग्नुस्

  • शनिवार, श्रावण ३ २०७७

  • 711
    SHARES

  • कार्यकर्तालाई रामचन्द्र पौडेलको आग्रहः १४ औं महाधिवेशनमा कसैको गुटमा नलाग्नुस्

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशनमा कसैको गुटमा नलाग्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको छ । उहाँले शेरबहादुर देउवा वा आफू पक्ष कसैसँग नटासिन भन्दै गुटगत राजनीति त्यागेर राष्ट्रप्रति इमान्दार हुनुपर्ने बताउनुभयो ।

    शनिबार (आज) बिहान काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पौडेलले भन्नुभयो, ‘देउवालाई पनि नसमात्नुस्, पौडेललाई पनि नसमात्नुस् । कांग्रेस समात्नुस्, रुख समात्नुस्, लोकतन्त्र समात्नुस्।’

    उहाँले कांग्रेसप्रति जनतामा गलत सन्देश गएको बताउँदै त्यसलाई चिर्नुपर्ने धारणा राख्नुभयो । कांग्रेसभित्र निष्ठा, सदाचारी र स्वच्छ इमेज भएका मानिसहरु हुँदाहुँदै पनि कांग्रेसको इमेज जनतामा राम्रो नभएको नेता पौडेलको भनाइ छ ।


    शनिवार, श्रावण ३ २०७७०१:४४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij