Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीको आह्वानमा शनिबार एमाले संसदीय दलको बैठक बस्दै

प्रधानमन्त्री ओलीको आह्वानमा शनिबार एमाले संसदीय दलको बैठक बस्दै

  • बिहिवार, चैत्र १२ २०७७

  • 737
    SHARES

  • प्रधानमन्त्री ओलीको आह्वानमा शनिबार एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठक बोलाउनुभएको छ ।

    भोलि दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

    यसअघि बालुवाटारमा आयोजित संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थियो । यस्तै, भोली नै नेपाल–खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक भोलि बिहान ११ बजेका लागि तय भएको नेता युवराज ज्ञवालीले जानकारी दिनुभएको छ ।

    ज्ञवालीले बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताउनुभयो । ‘पार्टी अहिले अप्ठ्यारो अवस्थामा छ । पार्टी एकतालाई कसरी जोगाउने र कसरी अघि बढ्ने भन्ने नै छलफलको एजेण्डा हो’, ज्ञवालीको भनाइ छ ।


    बिहिवार, चैत्र १२ २०७७०७:४१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij