Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

सरकारमा जाने-नजाने पार्टीको निर्णयमा बाधक नबन्ने रेशम चौधरीको भनाइ

सरकारमा जाने-नजाने पार्टीको निर्णयमा बाधक नबन्ने रेशम चौधरीको भनाइ

  • बिहिवार, चैत्र १२ २०७७

  • 1.1K
    SHARES

  • सरकारमा जाने-नजाने पार्टीको निर्णयमा बाधक नबन्ने रेशम चौधरीको भनाइ

    काठमाडौं । कारागारमा रहेका सांसद रेशम चौधरीले पार्टीले लिने निर्णयमा आफू बाधक नबन्ने बताएका छन् । डिल्लीबजार कारगारमा रहेका चौधरीले आज एक विज्ञप्ती जारी गर्दै आफ्नोबारे भ्रामक र कपोकल्पित कुराहरूको प्रचार भएकोमा ध्यानाकर्षण भएको जनाउँदै जसपा सरकारमा जाने-नजाने पार्टीको निर्णय हुने बताएका हुन् ।

    केपी ओली नेतृत्वको सरकारमा जाने विषयमा जसपा र एमालेबीच वार्ता चलिरहेका बेला आफू त्यसमा असहमत रहेको भन्ने किसिमले प्रचार भएकोमा त्यसमा सत्यता नरहेको उनले बताएका छन् ।

    चौधरीले सरकारमा जाने या नजाने विषय पार्टीले टुंग्याउने र पार्टीको निर्णय अवज्ञा गर्नेबारे आफूले कल्पनासम्म नगर्ने बताएका छन् ।

    ‘सरकारमा सहभागी हुने-नहुने निर्णय मेरो एकल प्रयासले सम्भव हुने कुरा पनि होइन,’ उनले भनेका छन्,‘त्यो पार्टीको निर्णय होला । पार्टीले गर्ने निर्णयमा बाधक बन्ने कुराको म कल्पनासमेत गर्न सक्दिनँ ।’

    सरकारमा जाने-नजाने विषयमा जसपाभित्र दुई खेमा छ । पूर्व राजपा पक्ष अहिलेको सरकारलाई समर्थन जनाएर जाने पक्षमा छ भने पूर्वसंघीय समाजवादी पार्टी पक्ष त्यसको विरोधमा छ ।


    165108572_124935059584077_5695759988241200141_n.jpg





    बिहिवार, चैत्र १२ २०७७०६:४८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij