Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यी विदेशी जसले नेपाली गीत मनपराएर गाए

यी विदेशी जसले नेपाली गीत मनपराएर गाए

  • नारायण जोशी
  • बिहिवार, चैत्र १२ २०७७

  • 1.8K
    SHARES

  • यी विदेशी जसले नेपाली गीत मनपराएर गाए

    काठमाडौं । अहिले नेपालमा एउटा गीत खुबै चलेको छ । ‘फूलबुट्टे सारी’ । यो गीतलाई नेपाली दर्शक–स्रोताले यति मनपराए कि यसका विभिन्न भर्सन निकाल्नुपर्यो । राजनराज शिवाकोटीले शव्द–संगीत रहेको ‘फूलबुट्टे सारी’का हालसम्म चारवटा भर्सन आइसकेका छन् । जसलाई सुरुमा मार्मिक लामाले गाएका थिए । त्यसपछि फिमेल भर्सनमा मिलन अमात्य, लिजेण्डरी भर्सनमा मदनकृष्ण श्रेष्ठ र चाइल्ड भर्सन आरिष्मा शिवाकोटीले गाएका छन् ।

    अब ‘फूलबुट्टे सारी’ नेपालमा मात्र सीमित रहेन । यसलाई विदेशीहरुले पनि मनपराए छन् । मनपराए मात्र होइन गाएर भिडियोसमेत बनाइसकेका छन् ।

    हालै मात्र युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फामसीले ‘फूलबुट्टे सारी’ गीतको ‘कभर सङ’ गाएकी छन् । उनले गीतको भिडियो पनि निर्माण गरेकी छिन् । भिडियोमा फामसी आफैंले अभिनयसमेत गरेकी छिन् ।

    famasi22.jpg

    युटुबमा राखिएको उनको गीतलाई चार लाख ५८ हजारभन्दा बढीले सुनेका छन् । टिकटकमा पनि उनको स्वरको गीत भाइरल भइरहेको छ ।

    फामसीले भिडियोको सुरुवातमा विश्वका सबै सुन्दर मान्छेहरुका लागि गीत समर्पित गरेको उल्लेख गर्दै अझ विशेष रुपमा नेपालीका लागि गीत गाएको उल्लेख गरेकी छन् । उनले नेपाली भाषालाई ‘आई लभ यू’समेत भनेकी छिन् ।

    यो गीत गाउने क्रममा फामसीले लयमा विशेष ध्यान दिएकी पाइएको छ । यो गीतको भिडियोको छायांकन भने नेपालमा नै गरिएको हो । डिका गुरुङले निर्देशन गरेको भिडियोमा फामसीले नै अभिनय गरेकी छिन् । फामसीको स्वरमा ‘फूलबुट्टे सारी’ सुनेपछि यस गीतको लिजेण्डरी भर्सन गाएका मदनकृष्ण श्रेष्ठले उनलाई भेटेर नै धन्यवाद दिने चाहनासमेत व्यक्त गरेका छन् ।

    ‘फूलबुट्टे सारी’ सारी त एउटा उदाहरण मात्रै हो । योसागै अन्य धेरै नेपाली गीत मनपराए स्वतस्फुर्त रुपमा विदेशी कलाकारहरुले कभर सङ गाएका छन् । अब जानौं कुन विदेशी गायकले कुन गीत गाए !

    ‘हाम्रो नेपालमा’ : पिटर म्याकडोनोउज

    piter.jpg

    ‘हाम्रो नेपालमा’ बोलको नेपाली गीत अमेरिकन गायक पिटर म्याकडोनोउजले गाएका छन् । नितेशजंग कुँवर ले सन् २०१८ को जनवरी १ मा सार्वजनिक गरेको गीत ‘हाम्रो नेपालमा’लाई कभर गरेका हुन् । पिटरले २०१९ को जनवरी १३ मा उक्त गितको कभर युट्युबमा सार्वजनिक गरेका थिए । यो मात्र होइन उनले फुत्की जाने जोवन, राम साइली, किन मायामालगायतका अन्य नेपाली गीतको पनि कभर गाएका छन् ।
    म्याकडोनोउजले गाएको ‘हाम्रो नेपालमा’को कभर सङलाई हालसम्म दुई लाखभन्दा बढीले युट्युबमा हेरेका छन् ।

    ‘तिम्रो नै माया लाग्दछ साइली’ : अर्को प्रभो मुखर्जी

    arko mukharjee.jpg

    पुराना गायक झलकमान गन्धर्वले धेरै वर्षअघि गाएको ‘तिम्रो नै माया लाग्दछ साइली’ बोलको गीत भारतीय गायक अर्को प्रभो मुर्खर्जीले गाएका छन् । उनले कभर गाएको भिडियो सन् २०१८ डिसेम्बर ३ मा युट्युबमा सार्वजनिक गरेका थिए । उक्त गीतलाई ४१ लाखभन्दा बढीले सुनेका छन् । उनको स्वरलाई दर्शकले निकै रुचाएका छन् ।

    ‘आत्मामा’ : गौरव दागोनकर

    gaurab.png 

    नेपाली चर्चित गायक कमल खत्रीले गाएको गित ‘आत्मामा’ भारतीय कलाकार गौरव दागोनकरले गाएका छन् । उनले २०१५ जनवरी ३० मा युट्युबमा कभर गीत सार्वजनिक गरेका थिए । अहिलेसम्म उक्त गीतलाई १४ लाखभन्दा बढीले सुनेका छन् । उनले गाएको गीतलाई दर्शकहरुले रुचाएका छन् । यो मात्र होइन उनले अन्य थुप्रै नेपाली गीत गाएका छन् ।

    ‘गहिरो–गहिरो सागर जस्तै’ : मोहित चौहान

    mohit.jpg

    उदितनारायण झाले गाएको ‘गहिरो–गहिरो सागर जस्तै’ बोलको गीत बलिउड गायक मोहित चौहानले गाएका छन् । उनले उक्त गीतको कभर सङ गाएर २०१७ अक्टुबर २३ मा युट्युबमा सार्वजनिक गरेका छन् । उनको स्वरलाई हालसम्म ६ लाखभन्दा बढीले सुनेका छन् । चौहानले ‘गहिरो–गहिरो सागर जस्तै’ मात्र अन्य नेपाली गीत पनि गाएका छन् ।

    यी केही त केवल उदाहरण मात्र हुन् । अन्य थुप्रै विदेशी गायक–गायिकाले पनि नेपाली गीत मनपराएर कभर सङ गाउनुका साथै स्टेज शोसमेत गरेको पाइन्छ ।

    यसरी विदेशीहरुले नेपाली गीत गाउँदा नेपाली संगीतले अन्तर्राष्ट्रिय स्तरसम्म छलाङ मारेको कतिपयको बुझाई छ ।

    तर, नेपाली गीतको कभर गरेका कतिपय विदेशी कलाकारले गीतका सर्जकहरसँग अनुमति नलिएको गुनासो छ । भर्खरै मात्र युगाण्डाकी गायिका फामसीले नेपाली गीत ‘फूलबुट्टे सारी’ गीतको कभर गाउँदा आफूसँग अनुमति नलिएको भन्दै गीतका सर्जक राजनराज शिवाकोटीले आपत्ति जनाएका छन् ।

    केही दिनअघि गत हप्ता आएको उक्त गीतका बारेमा केही मिडियासँग गरेको कुराकानीमा शिवाकोटीले अनुमति नलिई कभर गीत निकालेको भन्दै दुख ब्यक्त गरेका थिए ।

    तर, संगितकार शिवाकोटीले सामाजिक सञ्जाल (फेसबुक)मा भने फामसीको प्रशंसा गर्नुका साथै खुशी व्यक्तसमेत गरेका छन् ।
    ‘आहा ! कति मिठो गाउनु भएछ ! यसैगरी नेपाली गीतहरु विदेशीको मुखमा पनि गुन्जियोस् !’

    Capture.PNG

     

     


    बिहिवार, चैत्र १२ २०७७०१:५६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij