Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बुधबार ६ अर्ब ६७ करोडभन्दा बढीको शेयर खरिदबिक्री

बुधबार ६ अर्ब ६७ करोडभन्दा बढीको शेयर खरिदबिक्री

  • बुधवार, चैत्र ११ २०७७

  • 1.3K
    SHARES

  • बुधबार ६ अर्ब ६७ करोडभन्दा  बढीको शेयर खरिदबिक्री

    काठमाडौं । बुधबार नेप्से परिसूचक १ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ ।आजको दिन नेप्से परिसूचक २ हजार ५७० दशमलव २५ विन्दुमा पुगेको हो ।

    बुधवार २०८ ओटा कम्पनीको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता शेयरको ७२ हजार ९५७ पटकमा रू. ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९४१ बराबरको शेयर खरीदविक्री भएको हो ।

    कारोबारमा आएका १३ ओटा समूहमध्ये जलविद्युत् समूह बाहेक सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से बढेको हो ।
    सबैभन्दा बढी व्यापार समूहको परिसूचक ९ दशमलव ४ प्रतिशत, होटल एण्ड टुरिजमको ५ दशमलव ४४ प्रतिशत, बैंकिङ समूहको परिसूचक १ दशमलव २८, विकास बैंक समूहको शून्य दशमलव ८३ प्रतिशत, वित्त समूहको परिसूचक १ दशमलव ९६ प्रतिशत, निर्जीवन बीमा समूहको परिसूचक १ दशमलव ७३ प्रतिशतले वृद्धि भएको छ ।

    त्यसैगरी उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ९३ प्रतिशत, अन्य समूहको १ दशमलव शून्य ४ प्रतिशत, लघुवित्त समूहको परिसूचक २ दशमलव ६९ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ८३ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव ९ प्रतिशत र लगानी समूहको परिसुचक ५ दशमलव शून्य ५ प्रतिशतले वृद्धि भएको हो ।

    त्यसैगरी सबैभन्दा बढी शेयर मूल्य साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १२ हजार ७०५ पुगेको हो ।

    दोस्रोमा एचआइडिसीएलको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ । यसदिनको कारोबारमा सर्वाधिक शेयर मूल्य घट्नेमा रैराङ हाइड्रोपावर कम्पनी रहेको छ । उक्त कम्पनीको ३ दशमलव ६० प्रतिशतले घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३७५ मा झरेको हो ।

    दोस्रोमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ३ दशमलव २६ प्रतिशतले घटेर प्रतिकित्ता रू. ७७२ कायम भएको हो । ती दुबै कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिन ९ प्रतिशतका दरले वृद्धि भएको थियो ।

    सर्वाधिक शेयर कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । कम्पनीको रू. ६५ करोड १५ लाख बरावरको शेयर खरीदविक्री भएको हो । बुधवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५८१ पुगेको छ । दोस्रोमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर खरीदविक्री भएको छ ।

     


    बुधवार, चैत्र ११ २०७७०४:१३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij