Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

‘ओलीलाई विदेशीले मोहोरा बनाए’ : प्रचण्ड

‘ओलीलाई विदेशीले मोहोरा बनाए’ : प्रचण्ड

  • बुधवार, चैत्र ११ २०७७

  • 975
    SHARES

  • ‘ओलीलाई विदेशीले मोहोरा बनाए’ : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बनाउने बेलामा धावा बोलेका शक्तिहरुले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई मोहोरा र दलाल बनाएको बताउनुभएको छ । धुलिखेलमा आज आयोजित एक कार्यक्रमा उहाँले संसद् विघटन गरी संविधान क्षतविक्षत गर्ने कार्य त्यसैको परिणाम भएको दाबी गर्नुभयो ।

    prachanda.PNG

    ‘अझै पनि आकाशमा खतराको कालो बादल मडारीराखेकै छ । आफ्नो चनाखोपनलाई, राजनीतिक चेतनालाई दह्रो बनाउँदै नेपाली जनता एकताबद्ध भएनन् भने थप खतरा हुन पनि सक्छ’, उहाँले भन्नुभयो, ‘नेपालीहरुलाई निरीह हौ तिमीहरु भनेर बनाउने चाहनाहरु पूरा पनि हुन सक्छन् ।’

    सो अवसरमा प्रचण्डले नेपालीले आफ्नो अधिकार आफैँ राख्न सक्ने हो कि होइन भन्ने प्रश्नसमेत खडा भएको बताउनुभएको छ । विदेशीले आफूहरुलाई आदेशपालक बनाउन खोजेजस्तो लागेको उहाँको भनाइ छ ।

    अब नेपालीले आफ्नो निर्णय आफैँ गर्न सक्छन् भन्ने देखाउनुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

    केही दिनअघि पनि प्रचण्डले बिगत २५ वर्षदेखि ओलीलाई विदेशीले पालण–पोषण गरिरहेको आरोप लगाउनुभएको थियो । तर, उहाँले को विदेशी भन्ने चाहिँ खुलाउनुभएको छैन ।

     


    बुधवार, चैत्र ११ २०७७०२:३४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij