Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

नयाँ सरकार बन्ने परिस्थिति अझै बनेको छैनः रमेश लेखक

नयाँ सरकार बन्ने परिस्थिति अझै बनेको छैनः रमेश लेखक

  • सोमवार, चैत्र ९ २०७७

  • 984
    SHARES

  • नयाँ सरकार बन्ने  परिस्थिति अझै बनेको छैनः रमेश लेखक

    काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले नयाँ सरकार बन्ने परिस्थिती अझै नबनेको बताउनुभएको छ । सरकारको नेतृत्व लिन कांग्रेस तयार भएपनि सरकार बन्ने परिस्थिति अझै नबनेको उहाँके भनाइ छ ।

    सानेपा पार्टी कार्यालयमा सोमबार बसिरहेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकपछि पत्रकारलाई जानकारी दिँदै नेता लेखकले सरकार बन्ने परिपक्क अवस्था नबनेको बताउनुभएको हो ।

    ‘नेपाली कांग्रेसले वैकल्पिक सरकार दिने आवश्यकता पर्‍यो भने दिन्छौं भनेकै छौं। अहिले परिस्थिति सुनिश्चित र अवस्था परिपक्व भइसकेको छैन’ लेखकले भन्नुभयो ‘सरकार बनाउन परिस्थिति सुनिश्चित हुनुपर्छ, अवस्था परिपक्व हुनुपर्छ।’

    बैठकमा क्रियाशील सदस्यबारे छलफल भएको उहाँले बताउनुभयो । कांग्रेसको क्रियाशील सदस्यताको भोलि (मंगलबार) चैत १० गते सम्ममा टुंगो लगाउनुपर्नेछ।


    सोमवार, चैत्र ९ २०७७०७:५०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij