Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

तागत भए ओलीलाई हटाएर देखाउन शिक्षामन्त्रीको चुनौति

तागत भए ओलीलाई हटाएर देखाउन शिक्षामन्त्रीको चुनौति

  • सोमवार, चैत्र ९ २०७७

  • 741
    SHARES

  • तागत भए ओलीलाई हटाएर देखाउन शिक्षामन्त्रीको चुनौति

    ललितपुर – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले तागत भए प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्ताव पास गरेर हटाउन चुनौति दिनुभएको छ ।

    ‘म यो चेतावनी दिन चाहन्छु कि एमाले बाहेक सबै दल मिलेर अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री केपी ओलीलाई हटाउन सक्छ तर अहिलेको अवस्थामा त्यो सम्भव छैन । सबै भन्दा पावर फुल सरकार यही हो यसलाई कसैले हटाउन सक्दैन’, सोमबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो।

    चुनावपछि एमाले सबैभन्दा ठूलो पार्टी हुने दाबी गर्दै त्यसको लागि सबै नेता र कार्यकर्तालाई चुनाव लक्षित कार्यक्रममा लाग्न समेत उहाँले आग्रह गर्नुभयो ।

    पार्टीको विधान विपरीत गुटको भेला गरेको कारण एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको स्पष्ट पार्दै उहाँले राजनीतिलाई अस्थिर पार्न खोज्ने माथि कारबाहीको थालनी गरेको चर्चा गर्नुभयो ।


    सोमवार, चैत्र ९ २०७७०५:२६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij