काठमाडौं - कारोबारको दोस्रो दिन(सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ।
हिजो साताको पहिलो दिन ६३.३८ अंकले बढेको परिसुचक आज २४.०८ अंकले ओरालो लाग्दै २५१४.३९ को बिन्दुमा पुगेको छ। आज नेप्सेमा २५३८.४६ को बिन्दुबाट सुरु भएको छ।
यस्तै, सेन्सटिभ परिसुचक पनि आज ४.७९ को बिन्दुले ओरालो लाग्दै ४४८.८० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
कारोबारमा आएका १३ उपसमुहमध्ये २ उपसमुह बढेका छन् । होटेल समुह १०४.९७ अंकले बढेर ३१२७.४८ को बिन्दुमा र हाइड्रोपावर १०१.७३ अंकले बढेर २२२४.३६ बिन्दुमा पुगेको छ ।
यसैगरी ३ बजेसम्म कारोबारमा आएका २११ कम्पनीमध्ये ३३ कम्पनीको शेयरमुल्य बढेको छ भने १ सय ३८ कम्पनीको शेयरमुल्य ओरालो लागेको हो र बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ ।
अन्तिम समयसम्म कारोबारमा आएका कम्पनीको १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता शेयर ६१ हजार ४८८ पटक खरिद बिक्री हुदाँ ५ अर्ब ३५ करोड १३ लाख रुपैंया बराबरको कारोबार भएको छ ।