Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जान्नुहोस् ग्रिन टी सेवनका ७ फाइदा

जान्नुहोस् ग्रिन टी सेवनका ७ फाइदा

  • सोमवार, चैत्र ९ २०७७

  • 1.3K
    SHARES

  • जान्नुहोस् ग्रिन टी सेवनका ७ फाइदा

    १. क्यान्सरको जोखिमबाट बचाउँछ

    नियमित ग्रिन टी सेवन गरेमा यसले क्यान्सरका रोगीलाई फाइदा गर्छ । साथै, क्यान्सरको जोखि पनि घटाउने विभिन्न अध्ययनले पुष्टि गरेको छ ।

    २. तौल घटाउँछ

    ग्रिन टीमा पाइने इपिग्यालेक्टाटेकिन ग्यालेट तत्वले शरीरमा हुने मेटामोलिजम छिटो बनाउँछ जसले क्यालोरी घटाउन मद्दत पुर्याउँछ ।

    green tea (4).jpg

    ३. मधुमेहका बिरामीलाई फाइदा

    ग्रिन टी मधुमेह रोगीका लागि फाइदाजनक छ । औषधि विज्ञानमा भएको अभ्यासले पनि यो प्रमाणित गरिसकेको छ । ग्रिन टीले शरीरमा भएको प्लास्मा ग्लुकोजको तह घटाई तौल वृद्धिको जोखिम घटाइदिन्छ । जुन मधुमेह भएकाहरूमा छिटो विकास हुन्छ र फाइदा गर्छ ।

    ४. कोलस्ट्रोल घटाउँछ

    नियमित रूपमा ग्रिन टी पिउँदा शरीरमा हुने खराब कोलस्ट्रोलका कारणले हुने मुटुजन्य रोग घट्छन् ।

    green tea (1).jpg

    ५. मस्तिष्कको गतिविधिमा प्रभाव पार्छ

    ग्रिन टी नियमित सेवन गर्नाले मस्तिष्कको प्रक्रियामा सकारात्मक प्रभाव पार्छ । साथै, अल्जाइमरको रोकथाम पनि गर्छ ।

    ६. प्रतिरक्षात्मक क्षमता विकास गर्छ

    ग्रिन टीमा हुने क्विर्सिटिन र एन्टिअक्सिडेन्ट तत्वले संक्रमणको सम्भावनालाई हटाउँछ । यसको नियमित सेवनले हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता बढाउँछ ।

    ६. छाला सुन्दर राख्न सहयोग गर्छ

    नियति ग्रिन टी सेवन गरे छालामा फाइदा पुग्छ । घामले जलेको तथा सुन्निएको भागजस्ता दागलाई ग्रिन टीको प्रयोगले फाइदा पुग्छ । उदाहरणका लागि ग्रिन टीको ब्याग दागमा राख्नाले कालो दाग हट्न सक्छ ।

    (एजेन्सीको सहयोगमा)


    सोमवार, चैत्र ९ २०७७०३:१५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij