Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

भीम रावलको आक्रोश : 'सांसद पद गए जाओस् ओलीका अगाडि झुक्दिन'

भीम रावलको आक्रोश : 'सांसद पद गए जाओस् ओलीका अगाडि झुक्दिन'

‘अवैधरुपमा स्पष्टीकरण सोध्नु अराजक र निरंकुश काम हो ’
  • सोमवार, चैत्र ९ २०७७

  • 1.8K
    SHARES

  • भीम रावलको आक्रोश : 'सांसद पद गए जाओस् ओलीका अगाडि झुक्दिन'

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई स्पष्टीकरण सोध्ने अधिकार अवैध केन्द्रीय कमिटीलाई नरहेको टिप्पणी गर्नुभएको छ ।

    उहाँले ऐन, कानुन र संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्ने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कथित कमिटीको बैठकले कारवाहीका लागि स्पष्टिकरण सोध्नु अवैध भएको बताउनुभएको हो ।

    उहाँले सांसद पद गएपनि आफु प्रधानमन्त्री ओलीका अगाडी नझुक्ने दावी गर्नुभयो ।

    ‘अनुशासनहिन, अराजक, निरंकुश र स्वेच्छाचारी काम हो, त्यो कामको विरोधमा पार्टीका नवौं महाधिवेशन र जनताको बहुदलिय जनवाद मान्ने, यो देशको स्वाधिनता, स्वतन्त्रता र राजनीतिक स्थायीत्व चाहने सम्पूर्ण सदस्यहरुले त्यस्को अवज्ञा गर्नुपर्छ भन्ने मेरो भनाइ छ, मैले पदको लागि राजनीति आजसम्म गरेको छैन् र आगामी दिनमा पनि गर्दिन, अवैध स्पष्टीकरण म मान्दिँन सांसद पद गए जाओस् ,नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष रावलले भन्नुभयो ।

    यस्तो निर्णयलाई आफूले कदापि नस्विकार्ने रावलको भनाइ छ । राजनीतिक नैतिकता नभएको व्यक्तिले बोलाएको अवैधानिक केन्द्रीय कमिटी बैठकका निर्णय नमान्ने उहाँको दावी छ ।

    नेता रावलले जुन व्यत्तिले पार्टीको विधानको ठाडो उल्लंघन गरिरहेको छ उसैले अरुलाई अवैध बैठकबाट कारवाहीको निर्णय गर्नु सरासर गलत भएको उल्लेख गर्नुभएको छ ।

    गत शनिबार एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।


    सोमवार, चैत्र ९ २०७७०७:१०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij