काठमाडौँ – नेपाली कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएको छ।
क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरुसँग छलफल गर्न भोलि दिउँसो बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो।
पूर्व निर्धारित कार्यतालिकाअनुसार चैत १० गचेभित्र एक निर्वाचन क्षेत्र भएका जिल्लाले नयाँ क्रियाशील र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले नविकरणको सूची केन्द्रमा पठाइसक्नुपर्ने छ।
बैठकमा सरकार गठनमा देखिएको अलमलबारे समेत छलफल हुने नेताहरुले बताएका छन्।