काठमाडौँ – कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगलाई सरकारले विद्युत महशुल शुल्क शतप्रतिशत मिनाहा गर्ने भएको छ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले होटल तथा रेस्टुरेन्ट उद्योगलाई लकडाउन अवधिको विद्युत शुल्क शतप्रतिशत छुट गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
यसरी सुविधा प्राप्त गर्ने होटल तथा रेस्टुरेन्ट उद्योग नियमित नवीकरण गरी कर विवरण पेश गरेको हुनुपर्नेछ।