Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

म्यानमारमा जारी हिंसाकै क्रममा बीबीसीका पत्रकार थुरा पक्राउ

म्यानमारमा जारी हिंसाकै क्रममा बीबीसीका पत्रकार थुरा पक्राउ

  • शनिवार, चैत्र ७ २०७७

  • 751
    SHARES

  • म्यानमारमा जारी हिंसाकै क्रममा बीबीसीका पत्रकार थुरा पक्राउ

    एजेन्सी । म्यानमारमा जारी हिंसाकै क्रममा बीबीसी बर्मिज सेवाका पत्रकार आङ् थुरालाई पक्राउ गरिएको छ ।

    सुरक्षा फौज तथा सैन्य शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूबीच झडपहरू भइरहँदा राजधानी नेपिद्अमा एउटा अदालतबाहिर रहेर समाचार संकलन गर्ने क्रममा उनलाई सादा पोशाकमा आएका सुरक्षाकर्मीले पक्राउ गरेको बीबीसीले जनाएको छ ।

    आङ् थुरासँगै स्थानीय समाचार निकाय मिजिमाका पत्रकार थान आङ्लाई पनि पक्राउ गरिएको बताइएको छ । उनलाई पक्राउ गरिएकोप्रति बीबीसीले गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल सार्वजनिक गर्न सरकारसँग आग्रह गरेको छ ।

    देशका अन्य भागहरुमा भइरहेका पछिल्ला विरोध प्रदर्शनहरूका क्रममा कम्तीमा आठ जनाको ज्यान गएको बताइएको छ । म्यानमारमा फेब्रुअरीमा सेनाले कू गरेयता ४० जना पत्रकारहरू पक्राउ परिसकेका छन् ।

    १६ जना पत्रकार अझै हिरासतमा रहेका छन् भने सेनाले पाँचवटा सञ्चार कम्पनीको अनुमतिपत्र खारेज गरिदिएको बताइएको छ ।


    शनिवार, चैत्र ७ २०७७०९:१२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij