Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ओलीले बोलाएको आजको केन्द्रीय र संसदीय दलको बैठकमा नेपाल पक्ष सहभागी नहुने

ओलीले बोलाएको आजको केन्द्रीय र संसदीय दलको बैठकमा नेपाल पक्ष सहभागी नहुने

निजी निवासमा बोलाएको बैठकमा सहभागी हुदैनौँ : सांसद श्रेष्ठ
  • शनिवार, चैत्र ७ २०७७

  • 980
    SHARES

  • ओलीले बोलाएको आजको केन्द्रीय र संसदीय दलको बैठकमा नेपाल पक्ष सहभागी नहुने

    काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति र संसदीय दलको बैठकमा असन्तुष्ट पक्ष सहभागी नहुने भएको छ ।

    नेकपा एमालेका नेता तथा सांसद जीवनराम श्रेष्ठले शनिबार (आज) प्रधानमन्त्री ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा बरिष्ठ नेताद्धय माधव नेपाल तथा झलनाथ खनाल समूह सहभागी नहुने जानकारी दिनुभएको हो ।

    उहाँले नेपाल समूह पार्टीलाई एक ढिक्का बनाउने पक्षमा रहेको बताउदैँ गुटको भेलामा सहभागी नभएर औपचारिक केन्द्रीय कमिटीमा मात्र सहभागी हुने स्पष्ट पार्नुभयो ।

    अदालतको फैसलाअनुसार पार्टीको नवौं महाधिवेशनको केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने उहाँको धारणा छ ।

    संसदीय दलको कार्यालय वा पार्टी कार्यालयमा बोलाउनु पर्नेमा प्रधानमन्त्री निवासमा बैठक बोलाउनु गलत भएको उहाँको भनाई छ ।

    जिल्ला जिल्लामा दौडधुप गर्न सक्ने प्रधानमन्त्री संसदीय दलको कार्यालय र पार्टी कार्यालयमा पनि आउन सक्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा नेता तथा सांसद श्रेष्ठले भन्नुभयो,“ बिरामी भनेर मेची महाकाली दौडिने अनि पार्टीका आधिकारीक बैठक जहिले नीजि निवासमा बोलाउने यो हामीलाई मान्य छैन्, सम्बन्धित स्थानमा बैठक बोलाउँदा मात्र हामी सहभागी हुन्छौँ ।”

    प्रधानमन्त्री ओलीले संसदीय दल विहान साढे १० बजेका लागि र केन्द्रीय कमिटिको बैठक दिउसो १२ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाउनु भएको छ ।

    आजै नेपाल खनाल समूहका सांसदहरुको बैठक पनि बोलाइएको छ । उनीहरुको बैठक औपचारिक नभई अनौपचारिक छलफलका लागि मात्रै भएको नेता श्रेष्ठले जानकारी दिनुभयो ।

    नेपाल खनाल पक्षका सांसदहरुको बैठक पनि ओली पक्षका सांसदहरुको बैठक बस्ने बेलामा विहान साढे १० बजे नै बस्नेगरी नै बोलाइएको छ । उनीहरुको बैठक भने संसदीय दलको कार्यालयमा हुने भएको छ ।


    शनिवार, चैत्र ७ २०७७०७:०७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij