काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीमा लोकतान्त्रिक संस्कार हराएको भन्दै रोष प्रकट गर्नुभएको छ ।
काँग्रेसले गिरिजाप्रसाद कोइरालाको स्मृति दिवससमेत मनाउन छाडेको विषयबारे नेपाली रेडियो नेटवर्कको नेपाली बहससँग कुरा गर्दै नेता डा. कोइरालाले अरुको सम्मान गरेपछि मात्रै आफुले सम्मान खोज्नुपर्ने धारणा राख्नुभयो ।
नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. कोइरालाले भन्नुभयो,“काँग्रेस बनाउन गिरिजाबाबुको योगदान पार्टीको नेतृत्व तहले बिर्सेको छ, जुन नैतिकता र लोकतन्त्रविरुद्ध हो, पार्टीले आफ्ना धरोहर र लोकतन्त्र भुल्नु हुदैँन ।”
पार्टीको महाधिवेशन गराउन नसक्ने नेतृत्वसँग अरु आशा गर्नुपर्ने ठाउँ नरहेको भन्दै उहाँले टिप्पणी गर्नुभएको छ ।
नेता डा.कोइरालाले देशमा नैतिकताको खडरी परेको बताउदैँ देशमा निर्वाचन आवश्यक रहेको उल्लेख गर्नुभयो ।