Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

केपी ओलीलाई हटाउन खोज्दा आफ्नै टाउको बजारियो : प्रचण्ड

केपी ओलीलाई हटाउन खोज्दा आफ्नै टाउको बजारियो : प्रचण्ड

  • शुक्रवार, चैत्र ६ २०७७

  • 1.4K
    SHARES

  • केपी ओलीलाई हटाउन खोज्दा आफ्नै टाउको बजारियो : प्रचण्ड

    काठमाडौं ।सत्ताधारी दल नेकपा माओवादी केन्द्र र प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सदनबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । कसैले सक्ने भए विधि पद्धतिबाट हटाए हुने तर आफूले राजीनामा नदिने चुनौती प्रधानमन्त्री ओलीले दिइरहेका बेला माओवादी केन्द्र र कांग्रेसले फेरि पनि नैतिकताका आधारमा राजीनामा दिन ओलीलाई आग्रह गरेका हुन् । आजको संसद बैठकमा कांग्रेस सचेतक बालकृष्ण खाँणले संविधानमाथि प्रहार गर्ने प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो ।

    यसअघि संसद बैठक बस्नुपूर्व नैतिकताका आधारमा राजीनामा नदिए प्रधानमन्त्रीलाई गलहत्याएर निकाल्ने भाषण गर्नुभएकी माओवादी केन्द्रकी नेतृ पम्फा भुषालले पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो । संसद विघटनपछिको लाज छोप्न दुई तिहाई ल्याउँछु भनेर ओलीले धाक देखाइरहेको उहाँले बताउनुभयो । एउटा शब्द चिप्लेका आधारमा र ७० करोड घुस खाएको टेप सार्वजनिक भएपछि नैतिकताको पाठ पढाएर मन्त्रीहरुलाई राजीनामा गर्न लगाउने प्रधानमन्त्री ओलीले आफूले पनि नैतिकता सिक्नुपर्ने उहाँले बताउनुभयो ।

    केपी ओलीलाई जसरी पनि प्रधानमन्त्रीबाट बिदा गर्ने रणनीति सार्थक बन्ने नदेखिएपछि दलहरु अन्यौलमा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको साधारण सदस्यबाट समेत निकालिएका ओलीलाई प्रधानमन्त्रीबाट हटाउने अन्तिम कसरत भइरहँदा आफ्नै टाउका बज्र प्रहार भएको बताउन थाल्नुभएको छ ।

    हुन त जसपा र माओवादी केन्द्र र नेपाली कांग्रेस एक भएर लागे ओली सरकार ढाल्न सम्भव छ । तर त्यसका लागि यी तीन दलहरुबीच सहमति जुटन सकेको छैन । प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरे पनि कांग्रेसले स्थिति परिपक्व बनिनसकेको प्रतिक्रिया दिएको छ । कांग्रेसलाई जसपा विभाजन भएर ओलीतर्फ लागे अविश्वासको प्रस्ताव फेल हुने डर छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री बन्न कांग्रेसले दौरासुरुवालमा आइरन गरिहाल्ने स्थिति बनिनसकेको बताउनुभयो ।

    माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई जसरी पनि हटाउने रणनीति बुनिरहे पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । सत्तारुढ दल नेकपा एमालेले माओवादी केन्द्रले समर्थन फिर्ता लिए सरकार संविधान बमोजिक अघि बढ्ने बताइरहेको छ ।
    तर सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्रीले अरु कुनै दलसँग मिलेर एक महिनाभित्र विश्वासको मत जित्न सक्ने भय माओवादी केन्द्रलाई छ । यी सबै राजनीतिक परिस्थिति हेर्दा भावी सरकार निर्माणमा जनता समाजवादी पार्टी निर्णायक देखिन्छ । तर उसले कसलाई समर्थन गर्ने टुंगो नलाग्दा नेपालको आगामी राजनीतिक बाटो स्पष्ट देखिएको छैन ।

     


    शुक्रवार, चैत्र ६ २०७७०७:४४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij