काठमाडौं । नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा बढाएर ६० प्रतिशत बनाएको छ । बैंकले कर्जा लिन पाउने व्यवस्थालाई मौद्रिक नीति मार्फत् परिमार्जन गरेको हो ।
यस्तै सेयर धितो कर्जाको सीमा ७० प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै कर्जाको सीमा ६५ प्रतिशतबाट ५ प्रतिशत बढाउनुभएको हो ।
कर्जा धितोको मूल्यांकन गर्न १२० दिन तोकिएको छ ।