काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक हैसियत नभएको बताउनुभएको छ ।
उहाँले केपी ओली नेकपाको तर्फबाट प्रधानमन्त्री बनेकाले सर्वोच्च अदालतले नेकपा पार्टीनै ओली–प्रचण्डको नभएको भनी फैसला गरिसकेपछि अब उनलाई प्रधानमन्त्रीको पदमा बस्ने नैतिक अधिकार नभएको बताउनुभएको हो ।
आज पोखरामा आयोजित एक कार्यक्रममा थापाले नेपाल कम्युनिष्ट पार्टीको मृत्यु भएको भन्दै नेकपाका नेता कार्यकर्ताले शोक मनाउनुको साटो लोकगीत बजाएर नाचगान र लड्डु खाएर जात्रा देखाएको बताउनुभयो ।
थापाले जनता समाजवादी पार्टीलाई सरकार निर्माणका सवालमा छिटो निर्णय गर्न आग्रह गर्नुभयो ।