Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेको खनाल–नेपाल पक्षका छुट्टा छुट्टै भेला

एमालेको खनाल–नेपाल पक्षका छुट्टा छुट्टै भेला

  • शुक्रवार, चैत्र ६ २०७७

  • 938
    SHARES

  • एमालेको खनाल–नेपाल पक्षका छुट्टा छुट्टै भेला

    काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल पक्षीय अखिल नेपाल महिला संघको राष्ट्रिय भेला आज हुन लागेको छ ।

    पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय महिला संघको भेला भने यसअघि नै भइसकेको छ ।

    आजको भेलामा पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेताद्वय माधव कुमार नेपाल, झलनाथ खनाललगायतका शिर्ष नेताहरु समेत सहभागी हुनुहुने भएको छ ।

    काठमाडौको कालिमाटीमा रहेको कालिमाटी व्याङ्क्वेटमा विहान ११ बजेपछि भेला हुने जनाइएको छ ।

    भेलामा देशभरीबाट खनाल नेपाल पक्षीय महिला नेतृहरुको सहभागीता रहने भेलाका आयोजकहरुले जानकारी दिएका छन।

    आजै एमालेका उपाध्यक्ष डा.भिम रावलको आतिथ्यतामा सुदुरपश्चिमेली कार्यकर्ता भेला पनि आयोजना गरिएको छ ।

    काठमाडौको नयाँ बानेश्वरमा रहेको अर्याल होटल विहानै देखि भेला भइरहेको जनाइएको छ।


    शुक्रवार, चैत्र ६ २०७७०८:४८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij