Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

समानान्तर कमिटी गठन गर्ने निर्णय भएको छैन् : नेता विष्ट

समानान्तर कमिटी गठन गर्ने निर्णय भएको छैन् : नेता विष्ट

  • शुक्रवार, चैत्र ६ २०७७

  • 1.3K
    SHARES

  • समानान्तर कमिटी गठन गर्ने निर्णय भएको छैन् : नेता विष्ट

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव गोकर्ण विष्टले माधव नेपाल समूहको राष्ट्रिय भेलाले समानान्तर कमिटी गठन गर्ने कुनैपनि निर्णय नगरेको बताउनुभएको छ ।

    उहाँले एकतापूर्वका सबै कमिटी व्युँत्याएर औपचारिकरुपमा बैठक बसेर पार्टीलाई एकतावद्ध बनाएर एमाले अघि बढ्नुपर्छ भन्ने भेलाको निश्कर्ष रहेको उल्लेख गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सचिव विष्टले भन्नुभयो,“भेलाले समानान्तर कमिटी गठन गर्ने कुनै पनि निर्णय गरेको छैन्, भेलाले पार्टी एकतालाई जोड दिदैँ एकतावद्ध एमाले बनाउन हर प्रयास गर्ने निश्कर्ष निकालेको छ ।”

    पार्टीको अध्यक्षको हैसियतले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कुशलतापूर्वक जिम्मेवारी वहन गर्नुपर्ने सचिव बिष्टले बताउनुभएको छ ।

    नेतृत्वले पार्टीको विधानअनुसार निर्णय गनुपर्ने भन्दै सचिव विष्टले व्यक्तिगत तर्क पार्टीको आधिकारीक निर्णय हुन नसक्ने दावी गर्नुभयो ।

    बहुमत नेपालको पक्षमा रहेकाले कुनै गुटले गरेको निर्णयलाई पार्टीको आधिकारीक निर्णय नमान्ने उहाँको भनाइ छ ।

    नेपाल पक्षले एमाले पार्टीलाई एकतावद्ध बनाउन हर कोशिस गर्ने पनि उहाँले खुलासा गर्नुभएको छ ।

    पार्टीभित्र देखापरेका सबै समस्याको विधिपूर्वक समाधान खोजिनुपर्ने र सबैले गुटभन्दा माथि उठेर देश निर्माणमा जुट्नुपर्ने सचिव विष्टको तर्क छ ।


    शुक्रवार, चैत्र ६ २०७७०६:५९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij