Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बैठकमा अनुपस्थित भएकै कारण कारबाही गरिँदैन : भट्टराई

बैठकमा अनुपस्थित भएकै कारण कारबाही गरिँदैन : भट्टराई

  • शुक्रवार, चैत्र ६ २०७७

  • 946
    SHARES

  • बैठकमा अनुपस्थित भएकै कारण कारबाही गरिँदैन  : भट्टराई

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय दलको बैठकमा अनुपस्थित भएकै कारण कसैलाई कारबाही नगर्ने स्पष्ट पार्नुभएको छ ।

    पार्टीलाई असहयोग गर्नेहरुलाई भने विधानअनुरुप कारबाही गर्ने पार्टीको नीति लागू गरिने उहाँको भनाइ छ ।

    लामो समयदेखि अवरोध भएकाले सबैलाई समेटेर संसदीय बोर्ड गठन गरिएको प्रमुख सचेतक भट्टराईले बताउनुभयो ।

    फरक प्रसंगमा उहाँले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सिध्याउन चाहेको भन्ने कुरा कुतर्क भएको बताउनुभएको छ ।

    उहाँले तत्कालै पद चाहिएका भोगीहरुले पार्टी अध्यक्षमाथि गम्भीर आरोप लगाएको भन्दै टिप्पणी गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले भन्नुभयो,“जो व्यत्तिले पार्टीलाई एकजुट बनाउन सबैभन्दा धेरै योगदान गरेको छ, उसैले पार्टी फुटाउने कोशिस गर्यो भन्नु जस्तो लज्जास्पद विषय अरु केहि हुनै सक्दैँन, यो सबै पदका भोगीहरुको काम हो ।”


    शुक्रवार, चैत्र ६ २०७७०६:२७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij