काठमाडौँ – साताको अन्तिम दिन आज सेयर बजारमा राम्रै सुधार आएको छ । मंगलबारसम्म घट्दै आएको बजार हिजो थोरै सुधार भएको थियो । हिजोदेखि शुरु भएको सुधार हुने क्रम आज करिब ४३ अंकले सुधार भएको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक ४२ दशमलव ९५ अंकले बढेर २ हजार ४ सय ७५ दशमलव ०९अंकमा पुगेको छ ।
कारोबार रकममा पनि वृद्धि देखिएको छ । आज चार अर्ब ६४ करोड रुपैयाँ रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ ।