Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

एमाले संसदीय दलको बैठक बस्दै, नेपाल-खनाल पक्षले बहिस्कार गर्ने

एमाले संसदीय दलको बैठक बस्दै, नेपाल-खनाल पक्षले बहिस्कार गर्ने

  • बिहिवार, चैत्र ५ २०७७

  • 1.0K
    SHARES

  • एमाले संसदीय दलको बैठक बस्दै, नेपाल-खनाल पक्षले बहिस्कार गर्ने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज संसदीय दलको बैठक बस्न लागेको छ ।

    विहान ११ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो ।

    बैठकमा सहभागी हुन सबै सांसदहरुलाई जानकारी गराइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभएको छ । तर एमालेका पुर्व अध्यक्ष झलनाथ खनाल र पूर्व महासचिव माधवकुमार नेपाल पक्षीय सांसद भने बैठकमा सहभागी नहुने जनाइएको छ ।

    उनीहरुले सोही समयमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको र ओलीले यसअघि गरेको एकलौटी निर्णय फिर्ता लिन अस्विकार गरेकाले उनीहरु बैठकमा सहभागी नहुने भएका हुन् ।

    अध्यक्ष ओलीले ७ गते केन्द्रीय कमिटिको बैठक पनि बोलाउनु भएको छ । बैठकमा सहभागी हुन उहाँले नेपाल खनाल पक्षलाई सार्वजनिक रुपमा समेत आह्वान गर्नुभएको छ ।


    बिहिवार, चैत्र ५ २०७७०८:५४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij