Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काँग्रेस नेता कोइरालाको निधन, श्रद्धाञ्जलि दिन देउवा विराटनगर जाने

काँग्रेस नेता कोइरालाको निधन, श्रद्धाञ्जलि दिन देउवा विराटनगर जाने

  • बिहिवार, चैत्र ५ २०७७

  • 1.5K
    SHARES

  • काँग्रेस नेता कोइरालाको निधन, श्रद्धाञ्जलि  दिन देउवा विराटनगर जाने

    काठमाडौं । नेपाली काँग्रेसका नेता अशोक कोइरालाको निधन भएको छ । नेपाली कांग्रेस मोरङका पूर्व सभापति, संविधानसभा सदस्य, विराटनगर उपमहानगरपालिकाका पहिलो मेयर समेत रहनु भएका कोइरालाको गएराती निधन भएको हो ।

    विराटनगरस्थीत न्युरो अस्पतालमा गएराती १ बजे उहाँको उपचारकै क्रममा निधन भएको परिवारजनले जनाएका छ । स्वास प्रश्वासमा समस्या भएपछि उहाँलाई हिजो अस्पताल लगिएको थियो ।

    काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोइरालाका सहोदर भाइ अशोक कोइरालालाई सादगी, सहयोगी र इमान्दार नेताका रुपमा चिनिन्थ्यो ।

    उहाँको निधनप्रति काँग्रेसका नेता तथा कार्यकर्ता र उहाँका सुवेच्छुकहरुले दुःख व्यक्त गरेका छन् । उहाँलाई श्रद्धाञ्जलि दिन काँग्रेस सभापति देउवा आज मोरङ जानु हुने भएको छ । उहाँको आजै अन्त्यष्टि गर्ने परिवारजनले जनाएका छन् ।

    सभापति देउवाले सामाजिक संजालबाट पनि उहाँप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ। उहाँले लेख्नु भएको छ, “नेपाली कांग्रेसका नेता एवं मेरा मित्र अशोक कोइरालाको निधनको खवरले निकै मर्माहित भएको छु । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका सधै प्रशंसनिय छ । उहाँको निधनले कांग्रेसले एउटा असल नेता गुमाएको छ । दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।”

    त्यसैगरी काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि कोइरालाको निधनको खबरले आफुलाई अत्यन्तै मर्माहत बनाएको उल्लेख गर्नु भएको छ । “अशोक कोइरालाको निधनबाट नेपाली कांग्रेसले एक असल र महत्वपूर्ण अभिभावक गुमाएको छ । कोइरालाले नेपालको लोकतान्त्रीक आन्दोलनमा पुर्याएको योगदानको शब्दमा चर्चा गरेर सकिन्न,” पौडेलले लेख्नु भएको छ ।


    बिहिवार, चैत्र ५ २०७७०८:४६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij