Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपाल-खनाल समूहको राष्ट्रय भेला आज सकिँदै

नेपाल-खनाल समूहको राष्ट्रय भेला आज सकिँदै

  • बिहिवार, चैत्र ५ २०७७

  • 936
    SHARES

  • नेपाल-खनाल समूहको राष्ट्रय भेला आज सकिँदै

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको राष्ट्रिय भेला बिहिबार (आज) सकिँदै छ ।

    बुधबार (हिजो)देखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेला महत्वपूर्ण निर्णय गर्दै सकिने भएको हो ।

    भेलाको उद्घाटनमै नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदै एमालेलाई पनि विभाजन र बिसर्जन गर्न लागेको आरोप लगाएका थिए ।

    प्रधानमन्त्री एवम अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संसोधन गरी आफू पक्षका नेताको जिम्मेवारी खोसेपछि माधव नेपाल समूहले राष्ट्रिय भेला बोलाएको हो ।

    भेलामा सहभागी भएका देशभरका नेता–कार्यकर्ताको सुझाव र भावनाअनुसार निर्णय हुने नेताहरुको भनाइ छ ।


    बिहिवार, चैत्र ५ २०७७०८:३९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij