Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

इटली र फ्रान्सले पुन एस्ट्रोजेनेका खोप अभियान सुरु गर्ने

इटली र फ्रान्सले पुन एस्ट्रोजेनेका खोप अभियान सुरु गर्ने

  • बिहिवार, चैत्र ५ २०७७

  • 938
    SHARES

  • इटली र फ्रान्सले पुन एस्ट्रोजेनेका खोप अभियान सुरु गर्ने

    एजेन्सी । कोरोना विरुद्धको अक्सफर्ड–एस्ट्रोजेनेका खोपमा त्रुटी देखिएको भन्दै खोप लगाउन बन्द गरेको इटली र फ्रान्सले पुन खोप अभियान सुरु गर्ने निर्णय गरेका छन् ।

    खोपका कारण मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै संकेत देखिएको भन्दै विश्वका कयौं राष्ट्रहरुले एस्ट्राजेनका खोप लगाउन बन्द गरेकामा विश्व स्वास्थ्य संगठनले त्रुटी नभएको पुष्टि गरेपछि फ्रान्स र इटलीले पुनः यो खोप प्रयोगमा ल्याउने निर्णय गरेका हुन् ।

    फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों र इटलीका प्रधानमन्त्री मारियो द्राघीले डब्ल्युएचओ र युरोपियन मेडिसिन एजेन्सीले खोपमा त्रुटी नभएको पुष्टि गरेपछि खोप प्रयोगमा ल्याउने जनाएका छन् ।

    यसअघि डेनमार्क, नेदरल्याण्ड्स, नर्वेलगायत कतिपय राष्ट्रहरूले सो खोपको प्रयोग स्थगित गरेपछि निर्माता कम्पनीले स्पष्टीकरण दिएको हो ।
    डेनमार्क र नर्वेमा थोरै संख्याका मानिसहरूले खोप लगाएपछि रगत जमेको विवरण आएपछि खोप वितरण स्थगित गरिएको थियो ।

    एस्ट्राजेनेका कम्पनीले पचास लाख युरोपेलीहरूलाई खोप दिँदा ३० जनामा मात्र त्यस्तो समस्या देखिएको भन्दै त्यो खोपबाट सिर्जित समस्या नभएको प्रष्ट पारेको थियो भने विश्व स्वास्थ्य संगठनले पनि यसमा त्रुटी नभएको स्पष्ट पारिसकेको छ ।


    बिहिवार, चैत्र ५ २०७७०७:४९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij