काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको विदाइसँगै मुलुकले निकास पाउने बताउनुभएको छ । आज सानेपामा आयोजित झलनाथ खनाल र आफू पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
’अहिलेको समस्या नै केपी ओली हुन् । ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या भएको हो’, उहाँले भन्नुभयो, ‘ओलीले विदा लिए पार्टीको समस्या पनि हल हुन्छ अनि मुलुकले पनि निकास पाउँछ ।’
नेता नेपालले ओलीकै दम्भका कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएकोसमेत आरोप लगाउनुभयो ।
यसअघि, वरिष्ठ नेता खनालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजाने दुष्प्रयास गरेको आरोप लगाउनुभएको थियो ।
नेपालले प्रस्तुत गरेको प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहोस् :
draft of the document for national convention.pdf :To download file click here