काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजाने दुष्प्रयास गरेको आरोप लगाउनुभएको छ ।
आज राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि विधान र नवौं महाधिवेशनको निर्णयअनुसार अगाडि बढ्नुपर्नेमा अध्यक्ष्ँ ओलीले जथाभावी निर्णय गरेको बताउनुभयो ।
‘केपी ओलीले जुन ढंगले त्यो काम गर्नुभएको छ । पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजाने दुष्प्रयास गर्नुभएको छ । यसले पार्टीमा रोष पैदा भएको छ’, खनालले भन्नुभयो ।
गत फागुन २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय नेताहरुको उपस्थितिमा एमालेको पदाधिकारी खारेज गर्ने, नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र विधान संशोधन गर्ने निर्णय गर्नुभएको थियो । वरिष्ठ नेता खनालले अध्यक्ष ओलीले चालेको कदम र आगामी दिनमा पार्टीले चाल्नुपर्ने कदमबारे राष्ट्रिय भेलाले दिने निश्कर्ष अनुसार अघि बढ्ने बताउनुभयो ।
यसैबचि, एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफ्नो पक्षले भेला गर्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पीडा भएको भन्दै टिप्पणी गर्नुभएको छ ।
भेलालाई सम्बोधन गर्दै शाक्यले जारी भेला गुटको नभएर एमालेको भएको दाबी गर्नुभएको हो ।
भेलाको अध्यक्षता आज वरिष्ठ नेता झलनाथ खनालले गर्नुभएको थियो । बिरामी भएका कारण खनाल सम्बोधन सक्नेबित्तिकै सभाबाट बारिरिनुभएको थियो ।
सर्वोच्च अदालतले एमाले ब्यूँझाइदिएपछि नेपालको बरियता नेपालको भन्दा अगाडि छ । यसअघि नेकपाका नेपालको बरियता अगाडि थियो ।