काठमाडौं । नेकपा एमाले नेपाल र खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज (बुधबार)देखि सुरू हुने भएको छ।
वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले बोलाएको भेलाको सबै तयारी पूरा भइसकेको उक्त समूहले बताएको छ।
ललितपुर सानेपास्थित होटल हेरिटेज गार्डेनमा भेला हुने भएको हो। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले भेला नगर्न भने पनि उक्त समूहले पूर्वनिर्धारित भेलालाई जारी राख्ने भएको छ।
भेलामा जिल्लाका अगुवा कार्यकर्ता र केन्द्रीय समिति सदस्य गरी दुई हजार जनाभन्दा बढी सहभागी हुने एमाले नेता योगेश भट्टराईले बताउनुभएको हो । राष्ट्रिय कार्यकर्ता भेला बिहीबारसम्म चल्नेछ।