Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिको आह्वानमा बोलाइएको सर्वदलीय बैठक शीतल निवासमा जारी

राष्ट्रपतिको आह्वानमा बोलाइएको सर्वदलीय बैठक शीतल निवासमा जारी

नेपाल समूह र बाबुराम भट्टराई अनुपस्थित
  • मंगलवार, चैत्र ३ २०७७

  • 701
    SHARES

  • राष्ट्रपतिको आह्वानमा बोलाइएको सर्वदलीय बैठक शीतल निवासमा जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा जारी छ । समयसामयिक विषयमा छलफलका लागि राष्ट्रपतिले सर्वदलीय बैठक आव्हान गर्नुभएको हो ।

    संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीहरूलाई बोलाइएको जारी बैठकमा एमाले ओली समूहबाट अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल सहभागी हुनुभएको छ ।

    तर एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईभने सहभागी हुनुभएको छैन । यस्तै बैठकमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि उपस्थित हुनुभएको छैन ।

    त्यसैगरी नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि सहभागी हुनुहुन्छ ।

    त्यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ सर्वदलिय बैठकमा सहभागी हुनुभएको छ । त्यस्तै जनता समाजवादी पार्टी बाट अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो बैठकमा सहभागी हुनुभएको छ । त्यस्तै नेमकिपाबाट प्रेम सुवाल र राप्रपाबाट डा. प्रकाशचन्द्र लोहनी पनि सहभागी हुनुहुन्छ । अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी पनि बैठकमा सहभागी हुनुभएको छ ।

    दलहरुका बीचमा प्रतिनिधि सभा विघटनपछि दूरी बढ्दै गएपछि भण्डारीले सर्वदलीय बैठक राख्नुभएको हो । प्रतिनिधि सभा विघटन गर्दा कसैसँग परामर्श नगरेको भनी आलोचना खेप्नुभएकी राष्ट्रपतिले सरकारलाई अप्ठेरो परेपछि सर्वदलीय बैठक बोलाउनु भएको हो ।


    मंगलवार, चैत्र ३ २०७७०५:४४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij