काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट संदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । आज बसेको माओवादी संसदीय दलको बैठकले दलको नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङलाई चयन गरेको संसदीय दलले जनाएको छ । राष्ट्रिय सभा संसदीय दलको दलमा दिनानाथ शर्मालाई चयन गरिएको छ ।
यसअघि नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टी नेकपामा संसदीय दलको नेता केपी शर्मा ओली र प्रमुख सचेतक गुरुङ थिए ।
तर सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रले आफ्नो संसदीय दलको पदाधिकारी चयन गरेको हो । अझै संसदीय दलको उपनेता र सचेतक भने चयन हुन बाँकी छ ।