Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

झलनाथ र माधवलाई ओलीको प्रश्न, ‘मैले बोलाउँदा नआएर कसको निमन्त्रणमा जाने ?

झलनाथ र माधवलाई ओलीको प्रश्न, ‘मैले बोलाउँदा नआएर कसको निमन्त्रणमा जाने ?

  • मंगलवार, चैत्र ३ २०७७

  • 703
    SHARES

  • झलनाथ र माधवलाई ओलीको प्रश्न, ‘मैले बोलाउँदा नआएर कसको निमन्त्रणमा जाने ?

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निमन्त्रणामा नगएर कसको निमन्त्रणामा जाने भन्दै आफ्नो पार्टीका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षसँग प्रश्न गर्नुभएको छ । बालुवाटारमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रश्न गर्नुभएको हो ।

    ‘एकथरि अनुहारका साथीहरु चियापानमा देखिनँ, हिजो बैठक बसेर निर्णय नै गर्नुभो रे, चियापानमा नजाने ! पार्टी अध्यक्ष, प्रधानमन्त्रीको निमन्त्रणमा नजाने, अनि कसको निम्ता पाए जानुहुन्छ ?’, उहाँले प्रश्न गर्नुभयो, ‘हुन त सबैलाई थाहा छ कसको निमन्त्रणा पाए जानुहुन्थ्यो भनेर, तर नभनौं ।’

    प्रधानमन्त्री ओलीले खनाल–नेपाल समूहको नाम नलिई केही मानिसहरुले भेला आयोजना गर्दैछन् भन्ने सुनेको भन्दै एमालेसँग आवद्ध, सम्वद्ध कोही नेता कार्यकर्तालाई गुटगत भेला नगर्न र नजान सचेत गराए ।

    प्रधानमन्त्री ओलीले एमालेका केन्द्रीय सदस्य र सांसदहरुलाई बालुवाटारमा डाक्नुभएको थियो । चियापानमा ओली पक्षीय केन्द्रीय सदस्य र सांसदहरु मात्र उपस्थित भए । खनाल–नेपाल पक्ष भने उनुपस्थित थिए ।


    मंगलवार, चैत्र ३ २०७७०२:२४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij