Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

सर्वदलीय बैठकले देश विकासबारे राजनीतिक सहकार्य तय गर्छ : यादव

सर्वदलीय बैठकले देश विकासबारे राजनीतिक सहकार्य तय गर्छ : यादव

  • मंगलवार, चैत्र ३ २०७७

  • 712
    SHARES

  • सर्वदलीय  बैठकले देश विकासबारे राजनीतिक सहकार्य तय गर्छ : यादव

    काठमाडौं । राष्ट्रपतिका राजनीतिक सल्लाहकार लालबाबु यादवले लोकतन्त्र र संविधान रक्षाका लागि राजनीतिक छलफल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार (आज) सर्वदलिय बैठक बोलाएको जानकारी दिनुभएको छ ।

    संसद् विघटन गर्दा बैठक बोलाएको भए मुलुकको राजनीतिमा राष्ट्रपति सक्रिय भनेर नकारात्मक टिप्पणी हुने भएकाले त्यतिबेला बैठक नबसेको उहाँले स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सल्लाहकार यादवले भन्नुभयो,“संसद् विघटन राष्ट्रपतिले नगरेर वर्तमान सरकारले गरेको हो, त्यो समयमा सर्वदलिय बैठक बोलाएको भए राष्ट्रपति नै देशको राजनीतिमा सक्रिय भनेर टिका टिप्पणी हुने थियो, अब आज बस्ने सर्वदलिय बैठकले देशको विकासबारे राजनीतिक दलबीचको सहकार्य तय गर्ने छ ।”

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई बचाउनका लागि राष्ट्रपति भण्डारीले सर्वदलिय बैठक नबोलाएको पनि उहाँले प्रष्ट पार्नुभयो ।

    बैठकमा सबै राजनीतिक दल सहभागी हुनेपनि राष्ट्रपतिका राजनीतिक सल्लाहकार यादवको बिश्वास छ ।सरकारले जनभावनाअनुसार काम गरिरहेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।


    मंगलवार, चैत्र ३ २०७७०७:१४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij