काठमाडौं । ‘नेपाली कमेडी शो’को प्रस्तुति ‘कमेडी च्याम्पियन’का एक सहभागीले हुबहु कपी गरेको शोका निर्माता राजा राजेन्द्र पोखरेलले आरोप लगाउनुभएको छ । जनता टेलिभिजनमा प्रशारण भइरहेको ‘नेपाली कमेडी शो’मा बालकलाकार सुयशा खनालको प्रस्तुति कमेडी च्याम्पियन सिजन –२’ का सहभागी विप्लव कोइरालाले हुबहु कपी गरेको आरोप लागेको हो ।
बालकलाकार सुयशाले पहिलो भागमा देखाएको कमेडीलाई कति पनि नबदलेर जस्ताको तस्तै कोइरालाले प्रस्तुत गरेको निर्माता पोखरेलले दाबी गर्नुभयो ।
यसबारेमा ‘कमेडी च्याम्पियन’ले हालसम्म कुनै प्रतिक्रिया भने दिएको छैन ।
सुयशाको उक्त प्रस्तुतिलाई दर्शकले रुचाएका छन् । युट्युब र फेसबुकमा गरी झण्डै १३ लाखभन्दा बढी दर्शकले हरेका छन् ।
टिकटक र सामाजिक सञ्जाललगायतमा उनले देखाएका प्रस्तुति भाइरल पनि भएका छन् ।