Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको बैठक केही दिनका लागि स्थगित

माओवादी केन्द्रको बैठक केही दिनका लागि स्थगित

नेताहरु जिल्ला केन्द्रित हुने
  • सोमवार, चैत्र २ २०७७

  • 773
    SHARES

  • माओवादी केन्द्रको बैठक केही दिनका लागि स्थगित

    काठमाडौं । नेकपा माआवादी केन्द्रको केन्द्रीय कमिटि बैठक केही दिनका लागि स्थगित भएको छ ।

    बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा २० जना केन्द्रीय कमिटिका सदस्यले आफ्नो भनाइ राखेका थिए ।
    उनीहरुले अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले केही दिनका लागि बैठक स्थगित गर्नु पर्ने बताएका थिए ।

    यता, माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने बैठकमा बोलेका २० नेताहरुकै अनुसार बैठक स्थगित गर्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब नेताहरु पूर्वजिम्मेवारी अनुसार जिल्ला जिल्लामा जानेछन् हामी वर्तमान राजनीतिक अवस्था र पार्टीको भावी रणनीतिबारे जनतामाझ राख्नेछौँ ।’
    यस्तै आजको बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ । बैठकले संसदमा रहेका मुख्यतया दुई दलसँग वार्ता गर्ने निर्णय गरेको श्रेष्ठले बताउनुभयो ।

    यसअघि हिजोको बैठकले स्थायी कमिटिको प्रस्ताव अनुसार अहिलेसम्म मन्त्री पदमा रहेका नेतालाई पद त्याग गरेर सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो ।

     


    सोमवार, चैत्र २ २०७७०६:१४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij