Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images
एमालेका दुई समूहबीचको वर्ता विनानिष्कर्ष टुंगियो

‘ओलीले फागुन २८ गतेका निर्णय खारेज गर्न मानेनन्’

‘ओलीले फागुन २८ गतेका निर्णय खारेज गर्न मानेनन्’

  • सोमवार, चैत्र २ २०७७

  • 758
    SHARES

  • ‘ओलीले फागुन २८ गतेका निर्णय खारेज गर्न मानेनन्’

    काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुवै पक्षबीच भेटवार्ता सकिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटवार्ता करिब सभा दुई घण्टा भएको थियो ।

    छलफलमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै उपस्थित नेताहरुले आ–आफ्ना कुराहरु राखेका थिए ।

    छलफलपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै नेपाल पक्षका नेता भीम रावलले सर्वोच्चको फैसलापछि एकतर्फी गरिएका निर्णयहरु वैधानिक नहुने आफूहरुले अडान राखेको बताउनुभयो । बैठकमा अध्यक्ष ओलीले फागुन २८ गतेका निर्णयहरु खारेज गर्न नमानेकाले वार्ता विनानिष्कर्ष टुंगिएको नेता रावलको भनाइ छ ।

    आजको बैठकमा ओली पक्षबाट अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री तथा महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सुवास नेम्वाङलगायतका नेताहरु सहभागी थिए भने नेपाल पक्षबाट नेता माधवकुमार नेपालसहित नेताहरु रावल, रघुजी पन्त, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका नेताहरु सहभागी भएका थिए ।

    आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र अर्का नेता वामदेव गौतमलाई भने सहभागी गराइएको थिएन ।

    अध्यक्ष एंव प्रधानमन्त्री ओलीको पहलमा दुवै पक्षबीच भेटवार्ता भएको हो ।

     


    सोमवार, चैत्र २ २०७७०२:१३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij