Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेका दुई समूहको भेटवार्तामा झलनाथ किन गएनन् ?

एमालेका दुई समूहको भेटवार्तामा झलनाथ किन गएनन् ?

  • सोमवार, चैत्र २ २०७७

  • 1.0K
    SHARES

  • एमालेका दुई समूहको भेटवार्तामा झलनाथ किन गएनन् ?

    काठमाडौं । नेकपा (एमाले)को विवाद मिलाउन आज ओली समूह र नेपाल समूहका नेताहरु वार्तामा बसे । नेपाल समूहका नेताहरु पार्टी कार्यालय धुम्बाराही पगेका हुन् । अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताका लागि वरिष्ठ नेता मावधकुमार नेपालसहितका नेता धुम्बाराही पुग्नुभएको हो ।

    बिहान ११ बजेदेखि दुवै पक्षका नेताहरु वार्तामा बसेका थिए । वार्ता भर्खरै सकिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, सुवास नेम्वाङलगायत नेता सहभागी छन् ।

    त्यस्तै अर्को पक्षबाट नेता नेपालसहित झलनाथ खनाल भीम रावल, घनश्याम, भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्डेलगायतका नेता सहभागी छन् ।

    यद्यपि, नेपाल समूहका नेता झलनाथ खनाल भने भेटवार्तामा सहभागी हुनुभएको छैन । खनालनिकट स्रोतका अनुसार अध्यक्ष ओलीले उहाँलाई भेटवार्तामा बोलाउनुभएको थिएन । सोही भएर एमालेका वरिष्ठ नेतासमेत रहेका खनाल धुम्बाराही नजानुभएको हो ।

    वरिष्ठ नेता नेपालले भने खनाललाई आफूलाई ओलीले बोलाएको र त्यहाँ जान लागेको जानकारी दिएको स्रोतको दाबी छ ।
    त्यसैगरी, उपाध्यक्ष वामदेव गौतम पनि धुम्बाराही जानुभएको थिएन ।

    साथै, पूर्वमाओवादीबाट ओली समहमा आएका गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानीमन्त्री मणि थापालगायत नेता पनि भेटवार्तामा सहभागी भएनन् ।

     


    सोमवार, चैत्र २ २०७७०१:२५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij