Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

ओली र नेपालबीच धुम्बाराहीमा भेटवार्ता हुँदै

ओली र नेपालबीच धुम्बाराहीमा भेटवार्ता हुँदै

  • सोमवार, चैत्र २ २०७७

  • 674
    SHARES

  • ओली र नेपालबीच धुम्बाराहीमा भेटवार्ता हुँदै

    काठमाडौं । नेकपा (एमाले)को विवाद मिलाउन दुवै पक्ष वार्तामा बस्ने भएका छन् ।

    प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले माधव नेपाल पक्षलाई छलफलका लागि बोलाउनुभएको छ । एमाले स्रोतका अनुसार आजै विहान ११ बजे दुवै पक्षका नेताहरु वार्तामा बस्ने भएका छन् ।

    पार्टी कार्यालय धुम्बाराहीमा हुने वार्तामा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनेछन् । त्यस्तै अर्को पक्षबाट झलनाथ खनाल र नेपालसहित अन्य दुई नेता सहभागी हुने भएका छन् ।

    नेपाल पक्षले आइतवारमात्रै ओलीविरुद्ध संयुक्त वक्तव्य जारी गर्दै कम्युनिस्ट आन्दोलन विसर्जन गर्न लागेको आरोप लगाएको थियो ।

    पार्टी विभाजन हुन नदिन अध्यक्ष ओलीले अशन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको निकट स्रोतले जनाएको छ ।

    पुस ५ गते प्रतिनिधिसभा विघटनपछि विभाजित भएका नेताहरु एमाले ब्युँतिएपछि पहिलो पटक औपचारिक छलफलमा बस्दै छन् ।


    सोमवार, चैत्र २ २०७७१०:२४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij