Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि

आइतबार प्रस्तुत ६ वटा एजेण्डामा नै केन्द्रित रहेर छलफल हुने
  • सोमवार, चैत्र २ २०७७

  • 949
    SHARES

  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि

    काठमाडौं । माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

    हिजोबाट पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा हिजो प्रस्तुत ६ वटा एजेण्डामा नै केन्द्रित रहेर छलफल हुने नेताहरुले बताएका छन् ।

    प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गरेर अविश्वासको प्रस्ताव ल्याउने पक्षमा माओवादी छ । आजै तीन दलबीच सत्ता समिकरणका विषयमा छलफल पनि हुँदै छ ।

    हिजो पार्टी कार्यालय पेरिसडाँडामा झन्डै ४ घन्टा बसेको बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

    उनीहरूले एक भइसकेको पार्टी फेरि विभाजन भएपछि पूर्वमाओवादी केन्द्रका नेताहरू एमालेमा गएकाले आफ्नो पार्टीलाई घाटा भएको बताएका थिए । केहीले भने अझै पनि सम्भावना रहेको र वृहत ध्रुवीकरण गरेर सबै माओवादीलाई समेटेर जानु पर्ने बताएका थिए।

    बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले नेकपा एकतालाई खारेज गर्ने सर्वोच्च अदालतको फैसला समस्या भएको बताउनुभएको थियो ।

    हिजोको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे भने निर्णय गरेको छैन् ।


    सोमवार, चैत्र २ २०७७०८:४५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij