Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पदबाट हटाउने भए समर्थन फिर्ता लिनुहोस् : प्रधानमन्त्री

पदबाट हटाउने भए समर्थन फिर्ता लिनुहोस् : प्रधानमन्त्री

‘पार्टीको केन्द्रीय कमिटीको बैठक ७ गते बोलाएकाले सबै आउनुहोला’
  • सोमवार, चैत्र २ २०७७

  • 1.0K
    SHARES

  • पदबाट हटाउने भए समर्थन फिर्ता लिनुहोस् : प्रधानमन्त्री

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई पदबाट हटाउने भए माओवादी केन्द्रले समर्थन फिर्ता लिनुपर्ने बताउनुभएको छ ।

    अध्यक्ष तथा प्रधानमन्त्री ओलीले संसद्मा आफु जस्तोसुकै परिस्थितिको पनि सामना गर्ने भनेर यसअघि पनि भनिसकेकाले हटाउने भए समर्थन फिर्ता लिन अनुरोध गर्नुभएको छ ।

    उहाँले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउँछु भनेर प्रस्ताव नगरेको पनि स्पष्ट पार्नुभएको छ । जनता समाजवादी पार्टी जसपा, नेपालका नेताहरुसँग छलफल तथा संवाद भैरहेको भएपनि आफूले जसपालाई सरकारको नेतृत्व गर्न भनेर कहिल्यैपनि प्रस्ताव नराखेको दावी गर्नुभयो ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि प्रधानमन्त्री बनाउनेबारे कुनै सहमति नभएको उहाँले प्रष्ट पार्नुभयो ।

    पार्टी पुनस्र्थापनापछि कामकारवाही सुरु गर्नुपर्ने भएकाले केन्द्रीय कमिटी बैठकले जिम्मेवारी हेरफेर गरेको उहाँले बताउनुभएको छ ।
    ओलीले आफूले पार्टीको बैठक जहाँ बोलायो त्यहाँ सबै नेताहरु आउनुपर्ने बताउनुभयो ।

    उहाँले आफूले पार्टीको केन्द्रीय कमिटीको बैठक यही चैत्र ७ गते बोलाएकोले सबैलाई आउन भन्नुभएको छ ।

    प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लवले नेपाललाई हिन्दूराष्ट बनाउनुपर्छ भनेर जनमतसंग्रहको माग गरेको कुरा आफूले नसुनेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयोे,“नेपाल धार्मिक स्वतन्त्रता भएको देश हो । नेपाल सबै जातजाति, भाषा, भाषीहरु आस्था र विश्वासहरु भएका समूदायहरु, विभिन्न पेशा व्यवसाय जनताको साझा देश हो । यसलाई विवादको भूमरीमा पार्न खोज्ने, साम्प्रादायिकतामा तान्न खोज्ने, यो कुराहरु उचित होईन ।”


    सोमवार, चैत्र २ २०७७०७:२४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij