Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २५ हजार ४६४ पुग्यो

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २५ हजार ४६४ पुग्यो

  • आइतवार, चैत्र १ २०७७

  • 566
    SHARES

  • बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २५ हजार ४६४ पुग्यो

    एजेन्सी । बेलायतमा पछिल्लो २४ घन्टामा थप १२१ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यससंगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २५ हजार ४६४ पुगेको छ ।

    यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ५३४ जना नयां संक्रमित थपिएका छन् । थपिएका नयां संक्रमितसंगै बेलायतमा संक्रमितको संख्या ४२ लाख ५३ हजार ८२० पुगेको छ ।

    बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या घटेर ८ हजार २९ जनामा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ११० रहेको स्वास्थ्य विभागले जनाएको छ ।

    दुई करोड ५२ लाख बढी खोप वितरण

    बेलायतमा हालसम्म दुई करोड ५२ लाख भन्दा बढी डोज भ्याक्सिन वितरण भैसकेको छ । शनिबारसम्म खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ५२ लाख १६ हजार ८५७ पुगेको छ ।

    कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ३६ लाख ८४ हजार १०३ जनाले पहिलो डोज लिएका छन् भने १५ लाख ३२ हजार ७५४ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

    शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्यांकले बेलायतमा कोरोना भाइरस संक्रमण फैलिने दर क्रमशस् घट्दै गएको जनाएको छ ।

    पछिल्लो तथ्यांकअनुसार बेलायतमा संक्रमण दरको मापक ’आर नम्बर’ शून्य दशमलव ६ देखि शून्य दशमलव ८ को बीचमा छ ।

    कोरोना महामारी उच्चतम बिन्दुमा पुगेपछि इंग्ल्याण्डमा सरकारद्वारा जारी कडा प्रतिबन्धका कारण र कोरोना विरुद्धको खोपको प्रभावका कारण कोरोना संक्रमणमा कमी आएको अधिकारीहरुले बताएका छन् ।


    आइतवार, चैत्र १ २०७७०७:५५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij