Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

मलाई प्रधानमन्त्री बन्न हतारो छैनः प्रचण्ड

मलाई प्रधानमन्त्री बन्न हतारो छैनः प्रचण्ड

  • शनिवार, फाल्गुण २९ २०७७

  • 510
    SHARES

  • मलाई  प्रधानमन्त्री बन्न हतारो छैनः प्रचण्ड

    काठमाडौं । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू दुई पटक प्रधानमन्त्री भइसकेको र फेरि बन्न कुनै हतारो नभएको बताउनुभएको छ ।

    आज काठमाडौँमा प्रकाश विकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ नामक पुस्तक विमोचन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको लडाईं प्रधानमन्त्रीका लगि नभएको प्रष्ट पार्नुभएको छ ।

    ‘म दुईचोटी प्रधानमन्त्री भइँसकेँ, अबमलाई प्रधानमन्त्री बन्ने हतारो पनि छैन र अहिलेको यो लडाईं पनि प्रधानमन्त्रीका लागि होइन’, उहाँले भन्नुभयो ‘मैले त उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समूदायको सबैको हकअधिकारका लागि नयाँ राष्ट्रिय एकताका लागि लडेको लडाईं हो ।’

    उहाँले आफूलाई पराम्परागत शासकले आफूलाई गाली गरे पनि उत्पीडित वर्गहरुले आफूलाई माया गरेको बताउनुभयो । उहाँले विरोधीले आफूलाई मार्न नै खोज्दा पनि जनताले नै बचाएको बताउनुभयो । उहाँले आफू फेरि जनतामा जोडिने गरी अगाडि बढ्न लागेको बताउनुभयो ।


    शनिवार, फाल्गुण २९ २०७७०७:१८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij