Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दलित र आदिवासी जनजाति आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न निर्देशन

दलित र आदिवासी जनजाति आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न निर्देशन

  • बिहिवार, श्रावण १ २०७७

  • 997
    SHARES

  • दलित र आदिवासी जनजाति आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न निर्देशन

    काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले राष्ट्रिय दलित आयोग र आदिवासी जनजाति आयोगमा तत्काल अध्यक्षसहितका पदाधिकारी नियुक्त गर्न सरकारलाई निर्देशन दिएको छ ।

    आज समितिले दुवै आयोगको हालसम्मको कार्यप्रगतिका सम्बन्धमा आयोगका सचिवलाई बोलाएर जानकारी लिएको थियो । छलफलपछि बैठकले अध्यक्ष र पदाधिकारी नहुँदा आयोगलाई नीतिगत निर्णय गर्न समस्या परेको भन्दै तत्काल नियुक्ति गर्न निर्देशन दिएको हो ।

    त्यस्तै समितिले पदाधिकारी नभएकै कारण वार्षिक प्रतिवेदन तयार नगरिनु वाञ्छनीय नभएको भन्दै अनिवार्य रूपमा वार्षिक लगायतका प्रतिवेदन तयार गर्न पनि आदिवासी जनजाति आयोगलाई निर्देशन दिएको छ ।

    त्यस्तै, समितिले राष्ट्रिय दलित आयोग एवं आदिवासी जनजाति आयोगलाई आफ्नो कार्यक्षेत्रमा स्पष्ट हुन पनि भनेको छ । दुवै आयोगको उद्देश्य आफ्नो समुदायको समग्र उत्थान भएको भन्दै सो कार्यका लागि समुदाय भित्र को, को पर्छन् भन्ने विषयमा टुंगोमा पुग्नुपर्ने समितिको ठहर छ ।


    बिहिवार, श्रावण १ २०७७०६:१२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij