Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ओली समूहमा गएका नेतामाथि निर्णय गर्न माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दै

ओली समूहमा गएका नेतामाथि निर्णय गर्न माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दै

  • शनिवार, फाल्गुण २९ २०७७

  • 624
    SHARES

  • ओली समूहमा गएका नेतामाथि निर्णय गर्न माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दै

    काठमाडौं । पार्टी छाडेर एमालेको केपी ओली समूहमा गएका नेतामाथि निर्णय गर्न माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दै छ ।

    पछिल्लो राजनीतिक अवस्था, सत्तासमीकरण र पार्टी छाडेर हिँडेका नेताका विषयमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार स्थायी कमिटी बैठक बोलाएको एक सदस्यले जानकारी दिएका छन् । बैठक ९ बजेपछि पेरिसडाँडामा बस्दै छ।

    सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, गौरीशंकर थारू, टंक आङबुहाङ, दधिराम न्यौपाने, दिनेश पन्थी, धर्मराज रेग्मी, दावा लामा र चन्द्रबहादुर खड्कालगायत नेता एमालेमै क्रियाशील भएका छन् ।

    आजको बैठकमा पार्टी छाडेर हिँड्नेमाथि के गर्ने भन्ने विषयमा प्रक्रिया अगाडि बढाइने ती नेताले बताएका छन् ।

    एमालेले संकटका वेला पार्टी एकता र नेतृत्वको रक्षाका लागि दृढतापूर्वक उभिएको भन्दै पूर्वमाओवादी समूहका २३ जनालाई ओली समूहले केन्द्रीय सदस्य बनाउँदै विभिन्न जिम्मेवारीसमेत दिएको छ ।

    यस्तै सर्वोच्चले नेकपाको एकता बदर हुने गरी फैसला दिएपछि माओवादी केन्द्रले पार्टीको नाम परिवर्तन गर्ने गृहकार्य पनि सुरू गरेको छ ।


    शनिवार, फाल्गुण २९ २०७७०९:२६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij