Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सत्ता समिकरण ओलीसँगै गर्ने नेता कर्णको खुलासा

सत्ता समिकरण ओलीसँगै गर्ने नेता कर्णको खुलासा

‘ओलीसँग कुरा मिलिसक्यो अब काम मात्रै मिल्न बाँकी’
  • शनिवार, फाल्गुण २९ २०७७

  • 1.1K
    SHARES

  • सत्ता समिकरण ओलीसँगै गर्ने नेता कर्णको खुलासा

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का प्रभावशाली नेता लक्ष्मणलाल कर्णले सत्ता समिकरण प्रधानमन्त्री केपी शर्मा ओलीसँगै हुने संकेत गर्नुभएको छ ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले भन्नुभयोे,“सत्ता सहकार्य गर्नैपरे सरकारसँग गर्ने हो, अहिले सरकार ओलीको छ, देउवाको सरकार छैन्, ओली हाम्रा माग पूरा गर्न तयार हुनुभएको छ ।”

    अहिले सबै पार्टीसँग छलफल चलिरहेको बताउँदै उहाँले प्रधानमन्त्री आफ्नो पार्टीको माग पूरा गर्न तयार रहेको जानकारी दिनुभयो ।

    नेता कर्णले सत्ता सहकार्यबारेमा बृहत छलफल गर्न कार्यदल बनाएको उल्लेख गर्दै कार्यदलको सुझावअनुरुप अगाडी बढ्ने स्पष्ट पार्नुभएको छ ।

    उहाँले प्रधानमन्त्री ओलीसँग कुरा मिलिसकेकाले अब काम मात्रै मिल्न बाँकी रहेको दावी गर्नुभयो ।

    नेता कर्णले जसपामा अहिले प्रधानमन्त्री को बन्ने भन्नेबारे चर्चा नरहेको पनि बताउनुभएको छ ।


    शनिवार, फाल्गुण २९ २०७७०६:२५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij